गोरखाका कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु

Headlines समाचार

१२ भाद्र, चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्‍यु भएको छ ।

आईसीयूमा उपचाररत गोरखा नगरपालिका-१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।