जापानका प्रधानमन्त्री आवेले दिए राजीनामा

अन्तरास्ट्रिय

१२ भाद्र, जापान । जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने भएका छन् ।

जापानका सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएको भन्दै प्रधानमन्त्री आवेले राजीनामा दिने भएका हुन् ।

उनी जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन् ।

६५ वर्षीय आवेको कार्यकालमा जापानमा धेरै विकास निर्माण्का काम भएका छन् ।