व्यापक हेरफेर सहित ६० सहसचिवको सरुवा (सूचीसहित)

Top Post समाचार

१० भाद्र, काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रीस्तरको निर्णयबाट सहसचिवहरूको मंगलबार सरुवा भएको हो ।

प्रदेशमा कार्यरतलाई केन्द्रमा र केन्द्रमा कार्यरतलाई प्रदेशका मन्त्रालयहरूमा सचिवका रूपमा सरुवा गरिएको छ । केन्द्रका सहसचिवलाई प्रदेशमा खटाउने नीतिअनुसार सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

केही सहसचिवको अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।