तीनै जिल्लाका सीडीओद्वारा उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय

Top Post समाचार

९ भाद्र, काठमाडौँ। उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप भएको छ। उपत्यकाका तीनै जिल्लाका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको संयुक्त बैठकले एक साताका लागि निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

सोही सिफारिसका आधारमा तीनै जिल्लाका सिडिओले निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । १७ भदौसम्म निषेधाज्ञा थप भएको हो । त्यसपछि परिस्थिती हेरेर निर्णय लिइने बताइएको छ ।

अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् । उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए । जुन बुधबार सकिँदैछ ।