काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, अझ कडाई गर्दै प्रशासन

Top Post समाचार

भदौ ९ काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढे पछि बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञा लम्विने भएको छ ।

आज परिस्थितिको समिक्षा गरेर निषेधाज्ञा थप सम्बन्धि निर्णय गर्न काठमाण्डौ, ललितपुर र भक्तपुरको संयुक्त बैठक बस्दै छ ।

बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ ।
सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ ।

फोरमको सिफारिस मंगलबार प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिनेछ । बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बुधबार राति सकिँदै छ । सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि थप निर्णय लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन जिल्लाको संयुक्त सुरक्षा र डीसीसीएमसीको बैठक बोलाईएको छ ।लगभग निषेधाज्ञा थपिने देखिएको छ भने निषेधाज्ञा अझ कडा पार्न थालिएको छ ।

निश्चित समय बाहेक अत्यावस्यक पसलहरु बन्द गर्न कडा गरिएको छ भने हिडडुल, र पास जाँच पनि प्रहरीले कडा पारेको छ ।

उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ३४ सय बढी पुगिसकेको छ ।