काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म निषेधाज्ञा जारी रहने

Top Post समाचार

८ भाद्र, काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले  काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म निषेधाज्ञा थप्न सिफारिस गरेको छ।

कोरोनाको संक्रमणको दर बढेको भन्दै सोमबार बसेको बैठकले उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि भदौ १५ गतेसम्म बढाउन आग्रह गर्ने निर्णय भएको हो।