पाटन हस्पिटलमा कोरोना वाट थप एक महिलाको मृत्यू

Headlines समाचार

३ भाद्र, काठमाडौं । कोरोना संक्रमणबाट भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. १ बस्ने ६१ वर्षिय महिलाको आज विहान पाटन हस्पिटलमा निधन भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार मृतक महिला साउन २१ गते पाटन हस्पिटलमा भर्ना भएकी थिइन ।

महिला रगतको क्यान्सर र निमोनियाको रोगी समेत थिइन । उपचारको क्रममा आज विहान ३ बजे मृत्यू भएको डा. गेलालले पुष्टि गरे ।