प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारि नियुक्त

समाचार

१ भाद्र, काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्ष तोकेको एक मन्त्रीले जानकारी दिए । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्यमा नियुक्त भएकि थिईन।

काउन्सिलको नियमावली समेत परिवर्तन गरी कार्यवाहक अध्यक्ष मन्त्रिपरिषदले नियुक्त गरेको छ।