गोरखामा एक हप्ता निषेधाज्ञा जारि, अनाबश्यक हिंड्डुल नगर्न प्रशासनको आग्रह

समाचार

३२ साउन, गोरखा। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको कोरोना भाईरस रोकथाम नियन्त्रण र व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकबाट अत्यावश्यक सेवा बाहेक सबै सेवा भदौ ७ गतेसम्मका लागि बन्द गर्ने निणर्य गरेको छ ।

एक हप्ताका लागि जिल्लामा निषेधाज्ञा जारि गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

सार्वजनीक निजी सवारी, बैंक तथा बित्तिय संस्था, उद्योग कलकारखाना, व्यपार व्यवशाय पूर्ण रुपमा बन्द रहनेछन् । जिल्लाबासीहरुलाई अनाबस्यक हिंड्डुल नगर्न समेत प्रशासनले आग्रह गरेको छ।

खाद्यान्न , औषधी पसल सामाजिक दुरी कायम गरी आवश्यक सुरक्षाका उपाए अपनाएर खोल्न पाईने उनले बताए ।