शुक्रवार राति १२ बजेबाट काठमाडौंमा निषेधाज्ञा जारी

Headlines समाचार

३० साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गरि विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेको छ।

खुल्ला स्थानमा मानिस भेलार जम्मा हुन पाइने छैन ।

भीडभाड सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ ।

स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।

यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ ।