ओली र प्रचण्डको वार्ता हुनु भनेको डोनाल्ड ट्रम्प र सि जिनपिङको वार्ता भएजस्तो हो: भट्टराई

Top Post राजनीति

३० साउन, गोरखा । जनता समाजवादि का नेता डा. वावुराम भट्टटराईले गोरखामा भएको एक कार्यक्रममा, ओली र प्रचण्डको वार्ता हुनु भनेको डोनाल्ड ट्रम्प र सि जिनपिङको वार्ता भएजस्तो टिप्पणी गरेका छन् ।

भट्टराईले प्रश्न गर्दै भने, वार्ता कहिले हुन्छ भनेर कुरेर बस्ने बेला हो ? योभन्दा मजाक के हुन सक्छ ?’

अहिलेको प्राथमिकता पीसीआर परीक्षणको दायरा बढाउने र अस्पतालमा आवश्यक उपकरणको व्यवस्था गर्नेतर्फ हुनुपर्ने भट्टराइले बताए । तर, सरकार उल्टो दिशातर्फ गएको उनको आरोप छ । ‘अस्पतालमा उपकरण खोज्ने भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने बेला राम मन्दिर बनाउने रे,’ उनले भने, ‘यो अयोध्या सिर्जना गर्ने बेला हो कि अस्पताल बनाउने बेला हो ? उहाँहरु उल्टो दिशातर्फ जानुभएको छ, देशलाई धरापमा पारिराख्नुभएको छ ।’ चार महिनाको बन्दाबन्दीमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको तयारीमा सरकार चुकेको उनको आरोप छ ।

स्रोत साधनको जोहोगरि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने उनले बताए । ‘राज्यले गर्ने भनेको भरपर्दो परीक्षण हो, परीक्षण व्यापक रुपमा गराउनुपर्‍यो,’ उनले भने, ‘उपचारका निम्ति उपकरण हुनुपर्‍यो, भेन्टिलेटर नहुँदा मान्छे मरिरहेका छन् यसतर्फ ध्यान दिनुपर्‍यो ।’