शुक्रवार मात्रै थप ५९४ जनामा कोरोना संक्रमण

Top Post समाचार

३० साउन, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या २५ हजार ५५१ पुगेको जनाए ।

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २४० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ ।