प्रचण्ड निवासका थप दुइ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार

२८ साउन, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेका छन् ।

प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि प्रचण्डको बाहिरी सुरुक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो ।