गोगंवुमा सुटकेशमा फेला परेको शवको पहिचान खुल्यो

Headlines समाचार

२६ साउन, काठमाडौं। काठमाडौंको गोंगबु गणेशस्थानमा विभत्स हत्या गरि सुटकेशमा शव रहेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।

हत्या कसले गरेको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।