लामो दुरिको यातायात र हवाई उडान भदौ १५ गते वाट खोल्ने तयारि

Top Post समाचार

२५ साउन, काठमाडौं । भदौ १ बाट व्यावसायक रुपमा आन्तरीक तथा अन्तराष्ट्रिय उडान र लामो दुरिको यातायात संचालन हुने भनिएको भए पनि अब भदौ १५ बाट मात्र सञ्चालनमा आउने भएको छ ।
आज बसेको कोभिड कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले भदौ १५ बाट मात्र आन्तरीक तथा अन्तराष्ट्रिय उडान बन्द गर्न प्रस्ताव राख्ने भएको छ ।पछिल्लो समय कोरोना संक्रमणको दर र मृत्युदर बढ्दै गएकोले हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने प्रस्ताव पेस गर्न लागेको स्रोतले जनाएको छ ।

सिसिएमसीले उक्त प्रस्ताव भोली हुने मन्त्रिपरिषद बैठकमा पेस गर्नेछ र बैठकले प्रस्ताव पास गरेपछि मात्र कार्यान्वयन आउने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार कोरोना संक्रमण दर बढेको तर व्यवस्थीत आइसोलेसन र क्वारेन्टिन नभएको जिकीर गर्दै स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्नेभएको छ ।