कोरोना संक्रमित आमाले स्वस्थ वच्चा जन्माईन

Top Post समाचार

२५ साउन, वांके । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पोजिटिभ एक महिलाको शल्यक्रियाबाट प्रसूति गरिएको छ । रुकुम चौरजहारीकी ३९ वर्षीया महिलाको आइतबार शल्यक्रिया गरिएको हो ।

उनले शनिबार बेलुका साढे ९ बजे २७ सय ५० ग्रामको बच्चा जन्माएकी थिइन् । चौरजहारीबाट एक दिनअघि भेरी अस्पतालमा भर्ना भएकी उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएसँगै कोहलपुर स्थित थर्ड लेवलको कोभिड-१९ अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

तीन दिन अघि अस्पतालका चिकित्सकसहित ६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितहरु आइसोलेसनमा रहेको र अस्पतालका ७० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गराइएको र उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

‘स्वास्थ्यकर्मीहरु कोही क्वारेन्टाइन र आइसोलेसनमा छन्,’ श्रेष्ठले भने,‘पीसीआर रिर्पोट समयमै नआउँदा अस्पतालमा जनशक्तीको अभाव खेप्नु परेको छ ।’