संक्रमण बढेसंगै नया निर्णय लिने सिसिएमसी को तयारी

Top Post समाचार

१६ साउन, काठमाडौँ। लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले छलफल थालेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकमा सीसीएमसी सचिवालयले संक्रमणको स्थिति प्रस्तुत गरेको थियो । तथ्यांकको विश्लेषण गर्दै समितिका सदस्यहरूले एक–दुई दिन परीक्षणको दायरा बढाएर हेर्ने र त्यसपछि पनि संक्रमण बढेको पाइए नयाँ निर्णय लिनुपर्ने निचोड निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

उनका अनुसार सरकारले सीमा क्षेत्रमा अझै कडाइ गर्नुपर्ने देखिएको छ । ‘बाहिरबाट मान्छे नआऊन् भन्ने विषयमा पनि छलफल भएको थियो,’ उनले भने । बैठकमा भदौ १ गतेपछि लामो दूरीका यातायात सेवा सञ्चालन र घरेलु र अन्तर्राष्ट्रिय विमान सञ्चालनका सम्बन्धमा सम्बन्धित मन्त्रालयले तयार पारेको मापदण्डमाथि पनि छलफल भएको उनले जानकारी दिए ।