कोरोना संक्रमितलाई अस्पतालबाट किन सारीयो सोल्टि होटलमा ?

Top Post समाचार

१ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना चार पाइलटसहित १४ जना कोरोना संक्रमित उडान कर्मचारीलाई ह्याम्स अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारेको छ।

निगमले अस्पतालमा उपचार खर्च महंगो भन्दै सबै संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा सारेको जनाएको छ।

‘दैनिक एकजनाकै ३१ हजार उपचार खर्च उठेको छ। हामी सरकारी संस्थाले त्यो धान्न सक्दैनौं। त्यसैले उहाँहरूलाई अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारिएको छ,’ निगम स्रोतले भन्यो।

निगमले आफ्ना पाइलटसहित सबै कर्मचारीलाई सोल्टी होटलमा राख्दै आएको छ। त्यहीँ क्रममा चार जना पाइलटसहित १४ जना उडान कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो।