मेलम्चीको सुरुङ गेट फुट्दा दुईजना बेपत्ता

Top Post समाचार

३१ असार, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको परीक्षणका क्रममा रहेको सुरुङको गेट फुट्दा दुईजना बेपत्ता भएका छन्।

मंगलवार दिउँसो १ बजे सुरुङको गेट फुटेपछि निस्केको पानीले आयोजनाका सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिश गोहितलाई बगाएर बेपत्ता बनाएको हो।

गेट फुटेपछि सुरुङमा भरिएको पानीले बा १ झ ८७६४ नम्बरको एउटा हाइलक्स गाडीसमेत बगाएको छ।

सुरुङ परीक्षणको क्रममा १७ नम्वर गेटमा समस्या आएको थियो।

निरीक्षणका क्रममा रहेका चारमध्ये दुईजना र गाडी बगाएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

महर्जनका अनुसार गाडीको केही अंश खोलामा देखिएको छ। गाडी झिक्ने काम भइरहेको छ ।