नेपालमा भारतीय च्यानलको प्रसारण बन्द गर्ने निर्णय

Top Post समाचार

२६ असार, काठमाडौं । नेपाल र नेपाली नेताहरुबिरुद्ध फेक समाचार प्रशारण गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द भएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको हो ।

नेपालको राष्ट्रियतामाथि आँच आउने समाचारहरु प्रसारण भएकाले भ्रामक र अतिरञ्जित खबर फैलाउने भारतीय न्यूज च्‍यानलहरुको प्रसारण विहिवार साँझदेखि रोकेको एमएसओले जनाएको छ ।

उसले भारतीय च्‍यानलहरुको प्रसारण बन्द गरिए पनि औपचारिक निर्णय भने भोलि मात्रै गरिने बताएको छ ।