काठमाडौं उपत्यकामा पनि आइपुग्यो सलह

Top Post समाचार

१४ असार, काठमाडौं । शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् । मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्ड समेत सानो भएको भन्दै उनीहरूले किसानलाई नआत्तिन सुझाएका छन् ।

नार्कका कीटविज्ञ सुदीप उपाध्यायले सलहको प्रभाव कम गर्न दिउँसोको समयमा नेट (जाली) को प्रयोग गर्न आग्रह गरेका छन् । रातिको समयमा कृषिक्षेत्रमा सलह भेटिए रासायनिक मल प्रयोग गर्न सकिने उनको भनाइ छ ।