१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २८ नमुनाको पीसीआर टेस्ट गर्दा ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार मात्र ६२९ जना (पुरुष ५१९ जना र महिला ११० जना) मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको हा ।
मन्त्रालयका अनुसार सोमबार देशभर ७८ हजार ६ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार १ सय ६६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
हालसम्म पिपिआरबाट १ लाख ९३ हजार १९४ जना र आरडिटी विधिबाट २ लाख ८३ हजार ६९६ जनाको परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ११४ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये ११४ पुरुष र ८ महिला छन् ।
प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या २३ सय ३८ पुगेको छ, जसमा पुरुष २१ हजार ४१ जना र महिला १९७ जना रहेका छन् ।
हालसम्म रसुवा बाहेक ७६ जिल्लामा संक्रमण फैलिएको छ । हालसम्म कोरोना कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।