शिक्षाविद् अंगुरबाबा जोशीको निधन

Top Post समाचार

६ असार, काठमाडौं । शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो।

जोशीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो। छातीमा समस्या भएपछि जोशीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

जोशीको दिउँसो करिब ३ बजे आसपासमा मृत्य भएको बताइएको छ। जोशी नेपालको पहिलो महिला क्याम्पस प्रमुख समेत थिइन्।