पक्राउको माग गर्दै सरिता गिरि विरूद्द टेकुमा उजुरि

Top Post समाचार

५ असार, काठमाडौं । पछिल्लो समय विवादमा आएकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ ।

शुक्रबार चार जना अधिवक्ताले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै उजुरी दिएका हुन् ।

राष्ट्रविरूद्ध अभिव्यक्ति दिएको भन्दै केही अभिवक्ताहरूले उजुरी हालेको परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले पुष्टि गरेका छन् ।

उजुरी परेसँगै अनुसन्धान थालिसकिएको पनि उनले बताए ।

पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन् ।

उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने गिरीको जिकिर थियो । तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो ।