थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

Top Post समाचार

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।

भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष  र भक्तपुर नगरपालिका- १६ का २२ वर्षका पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुनेकी ३४ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ भने ललितपुरका संक्रमितबारे केही खुलेको छैन ।