उपत्यकामा विहिवार थप ६ जनामा कोरोना संक्रमण

Top Post समाचार

४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

बितेको २४ घण्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकामा यो संख्यामा संक्रमित भेटिएका हुन् ।