दार्चुला पुगे प्रधानसेनापति र सशस्त्रका आईजीपी

Top Post समाचार

३ असार, दार्चुला । कालापानी क्षेत्रको निरीक्षणका लागि नेपाली सेना प्रस्ताहन गरेका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनाल दार्चुला पुगेका छन्।

उक्त टोलीमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुगेका छन्।

केही दिन अघि सशस्त्र प्रहरीले स्थापनाको गरेको कालापानीको छाङ्गुर बोर्डर आउट पोस्ट बीओपीको निरीक्षण र दार्चुला तिङ्कर सडक खण्डको अनुगमन गरेर आज साझ धनगढी फर्किने कार्यतालिका रहेको छ।