चीनमा पुन देखियो कोरोना

अन्तरास्ट्रिय

चीन। राजधानी बेइजिङमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि लकडाउनमा कडाई गरिएको छ ।

त्यहाँ धेरै जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन् । सुरक्षा चेकपोस्टहरू धेरै ठाउँमा स्थापना गरिएको छ । मानिसहरूलाई कोरोना टेस्ट गराउन भनिएको छ । मानिसहरू कोरोनाको दोस्रो लहरसँग डराउन थालेका छन् ।

खेलकुद र मनोरन्जन केन्द्रहरू बन्द गरिएको छ । तापक्रम जाँच्ने कार्यहरू सुपरमार्केटहरू र कार्यालयहरूमा पुनः सुरु गरिएको छ ।

कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा ठूलो थोक बजारबाट शुरू भएको छ । यस बजारको महाप्रबन्धक र अन्य स्थानीय अधिकारीहरूलाई बर्खास्त गरिएको छ ।