गोरखा प्रहरी प्रमुखमा सुरेन्द्र बहादुर गुरुङ

समाचार

२ असार, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको प्रमुखमा एसपी सुरेन्द्र बहादुर गुरुङ आएका छन्। यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखामा रहेका गुरुङ गोरखा प्रहरी प्रमुख भएर आएका हुन्।

हालका एसपी ओम प्रसाद अधिकारी चितवान सरुवा भएका छन् । उनलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवन पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमवार नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको हो । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले एसपीहरुको सरुवा गरेका हुन् ।