तनहुँका ५ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या २०४ पुग्यो

Top Post समाचार
१ असार, काठमाडौं । प्रदेशको तनहुँ जिल्लामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको घिरिंङ गाउँपालिकाका २२ देखि ४६ वर्ष उमेर समुहका ५ जना पुरूषलाई क्वारेन्टाइनमै बसेको अवस्थामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैलाई शुक्लागण्डकी स्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २०४ पुगेको छ ।