राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : प्रचण्ड

Top Post समाचार

३१ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको गुमेको भूभाग फिर्ता लिने महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति जुटेकोमा खुसी व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजतन्त्रले गुमाएको नेपाली भूभाग गणतन्त्रले फिर्ता ल्याउन लागेको बताए ।

कुनै व्यक्ति विशेष वा राजनीतिक दल भन्दा पनि सबैको प्रयासमा आज संविधान संशोधन हुन थालेको भन्दै प्रचण्डले गुमेको भूमि फिर्ताका लागि अग्रसरता लिने सरकार, राजनीतिक दल, नागरिक समाज र आम जनतालाई धन्यवाद दिएका छन् ।

नक्सालाई वैधानिकताका लागि आज हुने संविधान संशोधनले महत्वपूर्ण कदमले गुमेको भूमि फिर्ताका लागि भारतसँग वार्ता र संवादको माध्यमबाट समाधान गर्न पहल गर्ने बाटो खुलेको प्रचण्डको भनाइ छ ।

भारतसँग कुटनीतिक माध्यमबाट संवाद गरेर सीमा विवाद सधैका लागि समाप्त गर्नुपर्नेमा प्रचण्डले जोड दिएका छन् ।