मोटरसाइकललाई जोर विजोर प्रणाली लागू नहुने, चालक मात्रै बस्न पाउने

Top Post समाचार

२९ जेठ, काठमाडौं । सरकारले मोटरसाईकलको नियममा भने फेरि फेरवदल गरेको छ जसअनुसार मोटरसाइकलमा जोरविजोर लागू नहुने भएको छ ।

यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइनेछ । मोटरसाइकललाई जोर बिजोर प्रणाली भने लागू नहुने सञ्चारमन्त्रीसमेत रहेका अर्थमन्त्री युवराज खतिवडाका प्रेस संयोजक यमन पौडेलले बताए ।

मोटरसाइकलहरु उपत्यकामा भए उपत्यकाभित्र र उपत्यका बाहिर भए सम्बन्धित जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइनेछ ।