प्रधानमन्त्रीको आक्रोश : कुर्ची राष्ट्रपतिले अर्डर गर्ने हो ?

Top Post समाचार

२८ जेठ, काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा उनले मिडिया तथा केही व्यक्तिहरु उद्देश्यमूलक ढंगले सरकार तथा व्यवस्थाविरुद्ध नै लाग्न थालेको बताए।

‘गणतन्त्रको विरोध गर्न मन लागेको हो भने खुला लागे भो नि, तर राष्ट्रपतिमाथि खनिने ?’ उनले प्रश्न गरे, ‘कुर्ची राष्ट्रपतिले अर्डर गर्ने हो ? कुर्ची कहाँ राखियो त्यो प्रधानमन्त्रीलाई थाहा हुन्छ ?’

उनले  “राष्ट्रपतिले यो सामग्री किन, यो नकिन भन्ने कुरा आउँदैन। चौरी चिटिक्क पार भन्ने कुरा आउँदैन,” उनले तर्क गरे। प्रधानमन्त्रीलाई पनि आफ्नो निवासमा कस्तो कार्पेट हालिँदैछ वा कसले हाल्दैछ भन्ने थाहा नहुने बताए।

साथै उनले सञ्चारमाध्यमसहित केही व्यक्तिले राम्रा कुरा गर्नै नजानेको भन्दै आश्चर्य प्रकट गरे।