डीभीको नतिजा आज राति सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ नतिजा

Top Post अन्तरास्ट्रिय

२४ जेठ, काठमाडौं। आज राति ९ बजेर ४५ मिनेट जाँदा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा सार्वजनिक  हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो ।

विगतका वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो । यसपाली भने कोभिड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भएको हो ।https://dvprogram.state.gov 
मा आफ्नो कन्फर्मेशन नम्बर हालेर ईडीभीको नतिजा हेर्न सकिन्छ ।

छनोटमा परेका व्यक्तिहरुको अन्तवार्ता आगामी अक्टुबर १ देखि सुरु हुनेछ । डिभी परेका व्यक्तीहरु २०२१ को सेप्टेम्बरसम्म सम्पूर्ण प्रक्रिया पूरा गरेर अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ ।
प्रत्येक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ ।