ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण

Top Post समाचार

२३ जेठ, काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

मन्त्रालय स्रोतका अनुसार उक्त निजी अस्पताल ह्याम्स अस्पताल हो । ‘ गुल्मीका र पोखराका दुई बिरामी ह्याम्समा उपचाररत हुनुहुन्छ । उहाँहरुमा संक्रमण देखिएको हो’ मन्त्रालय स्रोतले भन्यो ।

ती बिरामीहरु ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर २७८ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।