संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो

समाचार
संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो ।

मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि समेटिएको नयांं नक्सा सार्वजनिक गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको थियो ।

नयाँ नक्सा जारी भएसँगै संविधान संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ ।